भीम रावल पार्टीबाट निष्कासित,नेता पाण्डे र तिमिल्सेनाको जिम्मेवारी खोसियो

केन्द्रीय कमिटीको आठौं बैठक पुस २१ र २२ गते गर्ने निर्णय

काठमाडौँ- नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।बुधवार पार्टी केन्द्रिय  पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

”पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ । पार्टीका पूर्वउपाध्यक्ष रावलले पार्टीभित्र दिइएको जिम्मेवारी निर्वाह नगरेको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काषन गर्ने निर्णय भएको छ । ज्ञवालीले भन्नु भयो ।

उहाँले बैठकमा पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय भएको समेत बताउनु भयो । उहाँले केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन एजेण्डा तय गरेको समेत बताउनु भयो ।

उहाँले बैठटकमा सरकारको पाँच महिनाको कार्यप्रगतिबारे समेत समिक्षा गरिएको बताउनु भयो । बैठकले सरकार सही दिशामा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको बताउनु भयो । उहाँले सरकार अझै राम्रो दिशामा अगाडि बढनुपर्ने आवश्यता बोध गरिएको उल्लेख गर्नुभयो ।

बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भन्नुभयो, ‘बैठकले पार्टी केन्द्रिय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रिय कार्यालय काठमाडौंमा गर्ने निर्णय गरेको छ । बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन लगायतका चार वटा एजेण्डा तय गरेका छौं । सोहि एजेण्डामा केन्द्रित रहेर यो बैठक सम्पन्न हुनेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.