मन्त्रालयका सेवाहरू सात वटै प्रदेशमा विस्तार गर्दै सङ्घीयता सबलीकरणका लागि लागेका छौंः मन्त्री पाण्डे

काठमाडौँ–संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरू सात वटै प्रदेशमा विस्तार गर्दै सङ्घीयता सबलीकरणमा लागिरहेको बताउनुभएको छ ।

बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी क्षेत्र विकास कोष,गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरूको समाधान विषयमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले मन्त्रालय मातहतका निकाय सात वटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिरहेको बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नुभयो,विषयगत समितिलाई क्रियाशील बनायौँ भने सङ्घीयता प्रभावकारी हुने हो । हाम्रो मन्त्रालय अन्तरगत रहेको विषयगत समितिको दोस्रो बैठक सम्पन्न भएको छ । त्यसमा गाउँपालिका र नगरपालिका महासङ्घका प्रमुखहरूलाई समेतको प्रतिनिधित्व गराएका छौँ ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लर प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो,पर्यटन क्षेत्रलाई चलायमान बनाउन सात वटै प्रदेश र स्थानीय तहलाई क्रियाशील बनाउनुपर्छ । आर्थिक र व्यवस्थापकीय रूपमा सबल र सक्षम बनाउन जरुरी छ । नेपाल पर्यटन बोर्ड, नाथम् लगायतका संस्थालाई सात वटै प्रदेशमा विस्तार गरी सङ्घीयता सबलीकरणका लागि लागिरहेका छौँ । उहाँले विश्व सम्पदामा सूचिकृत लुम्बिनी क्षेत्र लाई युनेस्कोले जोखिमको सूचीमा सूचीकृत गरेको स्मरण गर्दे भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको र छ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको समेत उल्लेख गर्नुभयो । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्ने काम अन्तिम चरणमा पुगेको समेत बताउनु भयो ।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक एयरक्राफ्ट समस्या रहेको बताउँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.