रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

पार्टीका उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोकिएपछिको यो पहिलो बैठक हो । रास्वपाका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अघिल्लो बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.