राष्ट्रपतिद्वारा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने रहिआएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा विहिबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेले शितलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्