तराईमा चिसोले जनजीवन प्रभावित, नियमित काम गर्न पनि समस्या

सिरहा- चिसो र बाक्लो कुहिरोका कारणले सिरहा लगायत तराईको जनजीवन प्रभावित भएको छ ।

तराईमा केही दिनयता राम्रोसँग घाम लागेको छैन । चिसो हावा चलिरहेको छ । जसका कारण सिरहा , लाहान ,गोलबजार ,मिर्चैया लगायत मध्य तराईका विभिन्न ठाउमा अत्यधिक चिसो बढेको छ ।

चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् ।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरू चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरूलाई चिसोले बढी प्रभाव पारेको छ ।

विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ । दुई दिनदेखि निकै चिसो बढेकोले नियमित काम गर्न समेत कठिनाइ भएको गोलबजारका स्थानीय रामु यादवको भनाइ छ ।

 तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्याँग्रिएर बर्सेनि गरीब, विपन्न, सीमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ ।

गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जाने गरेको कतिपयको बुझाइ छ । चिसोबाट बच्न मानिसहर ठाउँठाउँमा आगो तापेर बसेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.