रसुवामा शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनीे

रसुवा- रसुवाको कालिकास्थानमा शिक्षा बिकास तथा समन्वय इकाई रसुवाले आयोजना गरेको  जिल्ला स्तरीय शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनीमा छात्रछात्राहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन ।

प्रदर्शनीमा विद्यार्थीले माध्यमिक तहमा समाबेस गरिएको पाठ्यक्रम भित्र रही अध्ययन गरेका विभिन्न विषयलाई स्थानीय स्तरमा पाइने समाग्री तथा बजारमा सरल मुल्यमा पाइने समाग्रीहरु प्रयोग गरी निर्माण गरेका सामग्री प्रदर्शनी गरेका थिए ।

कालिका हिमालय मावि कालिकास्थानमा संन्चालन गरिएको उत्त शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनीमा गाँउपालिकाबाट उत्कृष्ट भई छनोट गरी पठाइएका जिल्लाका चार वटा विद्यालयहरु समावेश भएका हुन ।

मानव जीवनका लागि आवश्यक समाग्रीहरुको प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई व्यवहारिक तथा जीवन उपयोगी बनाउन यस कार्यक्रमले थप सहयोग मिलेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरेले बताउनुभयो ।

कतिपय विद्यालयहरुले त शिक्षक र विद्यार्थी दुबै मिलेर कक्षा कोठामा पाठको सन्दर्भ अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गर्छन् ।

यसले शिक्षक र विद्यार्थी दुबैमा सिर्जनशीलताको विकास भएको भनाइ शिक्षा बिकास तथा समन्वय ईकाइ रसुवाका प्रमुख जीवन दाहालको रहेको छ ।

प्रदर्शनीमा नमुना एभरग्रीन मावि प्रथम, हिमायन अङ्ग्रेजी माध्यमिक बिद्यालय दोश्रो तथा डाँडागाँउ मावि तृतीय भएका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.