नेपालमा थप २९०९ जना संक्रमित, उपत्यकामा १३३८ जना संक्रमित थपिए
नेपालमा कोरोनाबाट निको हुने दर ८० प्रतिशत पुगेको छ
काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट २ हजार ९ सय ९ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ११३३ महिला र १७७६ पुरुष गरी २ हजार ९ सय ९ जना संक्रमित भएका हुन् । गत २४ घण्टामा ४ हजार ५ सय जना डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा महिला ५७० र पुरुष ७६८ गरी १३३८ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका १०३० जना छन् भने भक्तपुरका १२१ र ललितपुरका १८७ जना छन् ।
गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १०७० जना पुगेको छ ।
नेपालमा कोरोनाबाट निको हुने दर ८० प्रतिशत पुगेको छ । जम्मा निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्