ढुक्क भएर लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह
चितवन –चितवनको नारायणी नदी किनारमा चितवन महोत्सव २०८१ सुरु भएको छ ।
१५ औँ संस्करणको महोत्सवको एक भव्य समारोहका बिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले उद्योगीहरुको समस्या समाधान गर्न ऐन बनाएर अगाडि बढ्ने बताउनुभयो । ‘अहिले साना उद्योग होस्, घरेलु उद्योग होस् अन्य व्यवसायी हुन्। । सबैलाई साथ दिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ मन्त्री भण्डारीले भन्नुभयो, ‘सरकार तपाईँहरूको समस्यालाई समाधान गर्न तयार छ ।’ सङ्घ र प्रदेशको धेरै कुरामा अन्तर विरोध रहेको भन्दै ऐन सच्चाउनुपर्ने उहाँले बताउनु भयो ।
भण्डारीले युवाहरूलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको बताए । उनले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।
“नवीनतम सोचका साथ न्यून ब्याजमा युवाहरूलाई लगानीको वातावरण तयार गर्नुपर्छ भनेर सरकारले गृहकार्य सुरु गरिसकेको छ’’, उहाँले भन्नुभयो ।
उहाँले शासकीय व्यवस्थामै आवश्यकता अनुसार नीतिगत, प्रशासन सुधार गरेर पनि देशमा लगानीको वातावरण बनाउने बताउनुभयो ।
“मेरो देश मेरो उत्पादित योजना सरकारले अघि सार्दै छ’’, उहाँको को भनाइ छ । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा रहेको महोत्सव बिहीबार पुस २५ देखि सुरु भई माघ १० गतेसम्म आयोजना हुनेछ ।
महोत्सवमा पहिलो पटक चिनियाँ एक्सपो सहित सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरूसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसर गरी ४ सय ३० वटा स्टल रहको उवासंघ चितवनका अध्यक्ष एवम् संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
केराको थामबाट रेखा निकाल्ने कामको यो वर्ष प्रत्यक्ष अवलोकन गराइएको छ । केराको थामको रेखालाइ कपडा बनाउने धागोका रूपमा प्रयोगमा ल्याउन सकिने भएकाले यसको प्रवर्द्धन गर्न महोत्सवमा यो प्रत्यक्ष अवलोकनका लागि राखिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने विश्वास लिइएको छ ।
आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप ऊर्जा दिने अपेक्षा लिइएको उवासंघ चितवनका उपाध्यक्ष एवम् महोत्सव प्रवर्द्धन समितिका संयोजक राजेन्द्र ओलीले जानकारी दिनुभयो ।
महोत्सवमा यस पटक पर्यटन प्रवर्द्धनलाई जोड दिएको छ । अघिल्ला महोत्सवहरूमा पोल्टी, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएको थियो ।
पर्यटन र कृषिलाई मुख्य प्राथमिक्ताता दिएको महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने उवासंघ चितवनका अध्यक्ष एवम् संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले चितवनका पर्यटकीय स्थलहरूसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरूको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रमले यो पटक नयाँ रौनकता थपेको बताउनुभयो।
कार्यक्रम भरतपुर महानगरकी मेयर रेनु दाहालले चितवनको विकासमा सफल साबित बन्दै गएको ठोरी नाका बन्द गराउनु दुखद भएको भन्दै यसलाई छिटो सञ्चालन गर्न माग गर्नुभयो ।
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्