लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा विधेयक प्रमाणीकरण
दाङ- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
प्रदेश सभाबाट पुस १७ गते पारित भएको विधेयक प्रदेश प्रमुख घर्तीले सोमवार प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा १ बमोजिम प्रमाणित भएर प्रमाणिकरणकालागि पेश भएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा ४ बमोजिम प्रमाणिकरण गरेको कार्यलयले जनाएको छ ।
प्रदेश सभाको चौथो अधिवेसनबाट यो विधेयक पास भएर प्रदेश प्रमुख कार्यालयमा प्रमाणिकरणकालागि पेश गरिएको थियो । तर, प्रदेश प्रमुखले सन्देश सहित विधेयक फिर्ता गर्नु भएको थियो ।
अहिले फेरी प्रदेश सभाले सो विधेयक हुबहु पारित गरेको थियो । प्रदेश सभाबाट हुबहु पारित विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गर्नु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्