पूर्वसांसद लामाको निधन

काठमाडौं- पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । उहाँ विगत दुई वर्षदेखि मधुमेह र उच्चरक्तचाप रोगले गर्दा दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सांसद लामा २०५६ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट र २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँ २०४९ सालमा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।

तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका लामा २०३३ सालमा नख्खु जेल विद्रोह (ब्रेक) गरेर बाहिर निस्की जनसमुदायमा राजनीतिक र सामाजिक परिवर्तनका निम्ति भूमिगत रुपमा भूमिका निभाएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.