स्वास्थ्य र शिक्षादेखि विपदमा पिएसबीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा आज वहस हुँदै
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको पूर्वारम्भको आज दोश्रो दिन पनि विभिन्न विधामा वहस र छलफल हुँदैछ ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई रुपान्तरण सार्वजनिक प्रसारण संस्था बनेपछि रुपान्तरणको नयाँ चरणमा नागरिक सरोकारका दश वटा विषयमा वहस (Panel Discussion) हिजोदेखि सुरु भएको हो ।
आज पिएसबीले विपदको समयमा आम नागरिकलाई पुर्याउनुपर्ने सेवाको बारेमा विषयविज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग गहन छलफल हुँदैछ ।
यसैगरी, आम मानिसको जीविकोपार्जनदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको साँगोपाँगो व्यवस्थाका लागि राज्यले गरेका तयारी र पिएसबीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि आज सरकारका प्रतिनिधिहरुसँग छलफल हुँदैछ ।
पिएसबीमा रुपमान्तरणसँगै आएका प्रविधिगत चुनौति र अवसरलाई कसरी सेवाग्राहीको सुविधाको विषय बनाउने सकिन्छ भनेर पनि आज प्राविधिज्ञ तथा आइटी विज्ञहरुसँग बहस र छलफल हुँदैछ ।
यी आम मानिसको चासो र सरोकारका विषयमा गरिने सबै छलफल नेपाल टेलिभिजनमा हुनेछ ।
पिएसबी पूर्वारम्भका सबै कार्यक्रमहरु नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने छ ।
नेपालटिभीअनलाइनबाट पनि सबै कार्यक्रमहरु प्रत्यक्ष प्रसारण गरिनेछ ।।
प्रतिक्रिया राख्नुहोस्