पिएसबी नेपालका अध्यक्ष डा विष्टलाई पितृशोक

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण पिएसबी नेपालका अध्यक्ष डा महेन्द्र विष्टलाई पितृशोक परेको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका डाक्टर विष्टका पिता मानबहादुर विष्टको ९१ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्याको उपचारमा रहनुभएका स्वर्गीय विष्टको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

दाहसंस्कार अघि उहाँप्रति राजनीतिक र सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरू, पत्रकार, आफन्त र शुभचिन्तकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

  विक्रम सम्वत् १९९० सालमा खोटाङमा जन्मनुभएका उहाँको डा महेन्द्र विष्ट लगायत पाँच छोरा र एक छोरी हुनुहुन्छ ।।


प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.