गुल्मीको रुरु र छत्रकोटमा खुदो/गुड बनाउन चटारो (फोटो फिचर)
गुल्मी- गुल्मी जिल्लाको छत्रकोट र रुरुका किशानहरुले गुड खुदो बेचेर मनग्य आम्दान गर्दै आएका छन् । छत्रकोट र रुरुका किसानलाई यतिबेला खुदो र गुणको बनाउन चटारो सुरु भएको छ ।
यी दुई स्थानीय तह छत्रकोट र रुरुमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । रुरु क्षेत्रका वडानम्बर-३ थापती र वडानम्बर-४ बलेटक्सार, छत्रकोट वडानम्बर–३ हर्दिनेटा, वडानम्बर–४ दिगाम, वडानम्बर–५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् ।
यी क्षेत्रमा किसानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् । अहिले किसानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् । ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्रि गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।
यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
यी क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंलगायत बिदेशमा समेत प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्