सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ : प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।
यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ माघ ११ मा सिद्धबाबा सुुरुङ मार्गको ब्रेक थुु्र कार्यक्रमका अवसरमा भर्चुअल माध्यमबाट गर्नुुभएको सम्बोधनको पूर्ण विवरण :
सिद्धबाबा सुरुङको ब्रेक थ्रु कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरु, मूख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यबाहक राजदूत र यहाँ उपस्थित हुनुुभएका सम्पूर्ण महानुुभावहरु !
आज खुशीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रुु गर्न सफल भएका छौं । केही वर्ष अगाडि म बुटबल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारीह र केही कलाकारहरुले गीत गाउनुु भएको थियो–कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ? भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेकौं वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे र त्यो गीत त्यसैकारण उब्जिएको थियो–कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड भन्ने गीत । त्यो जनताको आवाज गीतको रुपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउन्थे अथवा आफ्नै भाषामा त्यो भन्थे ।
आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङको रुपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो ।म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरु भन्दै थिए । तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छुु र सबैलाई शुभकामना भन्न चाहन्छुु । बधाई यसकारण कि तपाईंहरु त्यस पीडाबाट तपाईंहरु मुक्त हुनुभएको छ, शुुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरुको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडवार्डदेखि लिएर सबै कुराहरुको आदान प्रदान गर्न सक्नुु हुन्छ ।
आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुु¥याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरु गर्न सक्नुु हुन्छ । अब तपाईंहरु एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थु्र भएसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमि रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालिगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालको रुपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरुलाई, दाताहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छुु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकोमा ठेकदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छुु । यसको मुख्य चुनौतीको पाटो सुरुङ मार्ग थियो, त्यो छिचोलिएको छ ।
मैले धेरै अगाडि, जतिबेला नागढुुंगा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युुगको प्रारम्भ भयो अथवा हामी नेपालीहरु अब टनेल युुगमा प्रवेश गरेका छौं । अब विस्तारै विस्तारै दुुर्गम कच्ची पहाडहरु चढ्दै, पहिरो जाने पहाडहरु चढ्दै गाडीहरु घुुमाएर मनमा दुर्घटनाको क्रास बोकेर यात्रा गरिरहनुु पर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरुलाई छोटा बाटाको रुपमा सुरुङ मार्गबाट वल्लो वेसीबाट पल्लो वेसी र अझ पल्लो वेसी निकाल्दै सहज ढंगले छोटो बाटोबाट टाढाको दुुर्गम सहज नहुने गन्तव्यहरु छोटो मार्गबाट पुुग्न सक्छौं र त्यो हामी प्राप्त गर्न सक्छौं । पहाडहरुका लागि त्यसबाट सम्पर्क बाटाहरु निर्माण गरेर हामी ती कामहरु गर्न सक्छौं । हामी त्यहाँ लिंक रोडहरु बनाउँछौं, रिभर करिडोरहरु बनाउँछौं । नेपालका सबै जिल्लामा अहिले गाडी पुुगिसकेको छ ।
त्यस्तो अवस्थामा नेपाल दुुर्गम भन्ने हिजो झै रहेन तर यसलाई अझ सुुगम बनाउदै लाने छौं । विभिन्न खालका सञ्जालका बाटाहरु, सुरुङ मार्गहरु, झोलुुङ्गे पुलहरु, पुुलहरु, हवाइ यातायात, हवाई मार्गहरु, मैदानहरु लगायतका अनेक केवलकारहरु जस्ता कुराहरुबाट हामी अनेक ठाउँहरुलाई सुुगम र रमाइला ठाउँहरु र विकसित ठाउँहरुका रुपमा परिणत गर्ने छौं । त्यसकारण अब नेपाल विस्तारै दुुर्गमबाट सुुगम रुपमा, पिछडिएको देशबाट अगाडि बढेको देशको रुपमा, अल्पविकसित देशबाट विकासिल देशको रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुुँदैछ भन्ने यी कुराहरुले देखाएका छन् ।
म दाजुुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छुु, यो खुशी तपाईं हामीको खुुशीको हो । यो सिंगै देशको खुुशी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरुको ठूलो खुशी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुुटबल अथवा बुुटबलबाट पूर्व–पश्चिम जानुु पर्दछ, त्यो सजिलो हुन्छ । त्यसकारण यो सुरुङ मार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुशी व्यक्त गर्न चाहन्छुु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छुु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरुलाई, मजदुुरहरुलाई, इन्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छुु । स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छुु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ
। यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिंदै गएर पछौंटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुु पर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ ।
यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकूलता, हाम्रो अनुुुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युुवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं । म सबै साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छुु । धन्यवाद तथा शुुभकामना ।
(सम्बोधनमा आधारित)
प्रतिक्रिया राख्नुहोस्