रविको मुद्दाको थुनछेक बहस सकियो,आजै आदेश आउने

काठमाडौँ- सुप्रिम सहकारी रकम ठगीसम्बन्धी मुद्दाको दुवै पक्षको बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको पक्षमा कानुन व्यवसायी बहसका सकाएसँगै जवाफी बहसपनि सकिएकाले आजै आदेश आउने बताइएको छ ।
आज भएको बहसमा लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गर्नु भएको थियो ।
थुनछेक बहस नसकिएपछि आइतबार पुन: उपस्थित गराउने गरी रविलाई परिवारको जिम्मा
गत माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४२ जना विरुद्ध मुद्दा परेको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरण: रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर
लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले दोस्रो पूरक अनुसन्धान पछि लामिछाने माथि मुद्दा चलाइएको हो ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले भने थप १४ जनालाई प्रतिवादी बनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्