अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप लगाउनुभयो ।
प्राकृतिक विपद्का कारण बिपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा नागरिकले कष्टकर जीवनयापन गर्नु परेको उल्लेख गर्दै उहाँले भूकम्पबाट पीडित नागरिकले प्रभावकारी राहत पाउन नसकेको गुनासो गर्नुभयो । शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेकामा असन्तुष्टि जनाउँदै सांसद पाण्डेले सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोग गठनमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्न गर्नुभयो ।
उहाँले महँगी नियन्त्रणमा सरकार चुकेको, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, सहकारीपीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको यथार्थ पेस गर्दै सरकार कतै देखिन नसकेको भनाइ राख्नुभयो । सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयक लामो समयसम्म समितिमा रोकिँदा समस्या खडा भएको उल्लेख गर्दै उहाँले कस्को कारणले जटिलता पैदा भएको हो भन्ने प्रश्न गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.