दोब्बर मुनाफा लिएको भन्दै सेन्ट्रल बजारलाई २ लाख जरिवाना

मोरङ- विराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल बजारलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैया जरिवाना गरेको छ ।

सेन्ट्रल बजारमा राखिएको काजु १ सय प्रतिशत भन्दा बढी मुनाफा लिएर बेचेको पाइएपछि वाणिज्य कार्यालयबाट खटिएको अनुगमन टोलीले जरिवाना गरेको हो ।

सेन्ट्रल बजारले प्रति किलो १ हजार १ सय ६५ रुपैँयामा खरिद गरेको काजु २ हजार २ सय ५० रुपैँयामा विक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

तिहारको बेला भाइ मसलाको अत्यधिक विक्री हुने भएकाले वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले सेन्ट्रल बजार लगायत विराटनगरका विभिन्न पसलको अनुगमन गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ मा खरिद मुल्यको २० प्रतिशत भन्दा बढी नाफा लिए २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेकेा छ ।

गत वर्ष प्रतिकिलो १ हजार ४ सय रुपैँया रहेकेा काजु यस पटक १ सय रुपैया घटेर १ हजार ३ सय रुपैँयामा बजारमा विक्री गरिँदै आएको व्यापारीहरुले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.