थुनछेक बहस नसकिएपछि रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो
काठमाडौँ – साहारा सहकारीको रकम अपचलनम सम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा सुरु भएको थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुरक्षा कर्मीको जिम्मा लगाइएको छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई भोलि विहान १०:३० मा उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय पठाइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले नेपाल टिभी अनलाइनलाई जानाकारी दिनु भयो ।
सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस नसकिएपछि भोलि पुन: बहस हुने भएको छ । चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित हुनु भएको थियो । अदालतमा बयान सकिएलगत्तै आजै थुनछेक बहस सुरू भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्