मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर बबरमहल जलमग्न

काठमाडौं – काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ । पाइप फुटेपछि अहिले वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा जलमग्न भएको हो ।
प्रतिक्रिया राख्नुहोस्