सिरहा बलात्कार घटना

किशोरीको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

जनकपुर – सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले  एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मधेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ । समितिले मंगलबारबाट नै अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘सदायको घटनाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको छ,’ मधेश प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘घटनाको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।’

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित बिगुल सदायकी छोरी रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् । रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा उनी सामुहिक बलात्कारको शिकार भएकी आशंका छ । घटनालाई पञ्चायती बसेर ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.