नेपाल टेलिभिजन तथा रेडियो नेपालको परिसरमा सरसफाइ तथा फुल तथा विरुवा रोपण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी आजदेखि ३ दिनसम्म मनाइदै छ । विभिन्न रचनात्मक कार्यक्रमहरुका साथ जनस्तरबाटै प्रजातन्त्र दिवस मनाउने क्रममा आज सार्वजनिक सेवा प्रसारण पीएसवी नेपालले सरसफाइ तथा फुल तथा विरुवा रोपण कार्यक्रम गरेको छ ।

पीएसवी नेपालले नेपाल टेलिभिजन तथा रेडियो नेपालको कार्यालय परिसरमा गरेको कार्यक्रममा बगैचा सजावटका विभिन्न विरुवा र फुलहरु रोपियो । यसैगरी कार्यालय परिसरमा सरसफाइ समेत गरियो ।

त्यसवखत सार्वजनिक सेवा प्रसारण पीएसवी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रचनात्मक र सिर्जनात्मक कामहरुका साथै सार्वजनिक सेवा प्रसारण नेपालले लोकतन्त्रको सवलीकरण र नागरिक अधिकारका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । मूल समारोह समितिले भोली काठमाण्डौको टुडिखेलमा आयोजना गर्ने विशेष समारोहको सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको विभिन्न च्यानल र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.