एमसीसी फण्डबाट नेपालमा संचालिन क्रियाकलाप र भुक्तानी रोकियो

काठमाडौँ- अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC) अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको छ ।

अर्थमन्त्रालयले विज्ञप्ति मार्फत नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी गराएको हो ।

मेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी गर्नुभएको ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार भुक्तानी रोकिएको अर्थमन्त्रालयले जारि गरेको विज्ञाप्तिमा उल्लेख छ ।

”अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी 20, 2025 मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।” अर्थमन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.