संक्रमण समूदायमा भेटिएपछि अष्ट्रेलियामा पुनः उच्च सतर्कता
अष्ट्रेलिया– साउथ अष्ट्रेलियामा गत अप्रिलयता पहिलोपटक कोरोना भाइरसको संक्रमण समूदायमा भेटिएपछि उच्च सतर्कता अपनाइएको छ ।
त्यहाँ १७ जनामा कोरोना भाइरसको सामुदायिक संक्रमण पुष्टि भएपछि नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । संक्रमणको कारण एडिलेडमा रहेको मेदी होटेल भएको अनुमान गरिएको छ । सो होटेल होम क्वारेन्टिनमा बस्न नसक्नेहरुले प्रयोग गर्दै आएका थिए ।
अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलाउन सोही होटेल क्वारेन्टिन कारण हुन सक्ने भन्दै मेलवर्न र भिक्टोरियामा पनि सतर्कता अपनाइएको छ । अष्ट्रेलियामा कडा लकडाउनपछि कोरोना संक्रमितको संख्या लगभग शून्य नजिक पुगेको थियो ।
प्रतिक्रिया राख्नुहोस्