पृथ्वी राजमार्गमा सवारी दुर्घटनामा परी एक जना घाइते

धादिङ –  पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएको छ ।

नौविसे गल्छी सडक खण्डमा पर्ने थाक्रे गाउँपालिका स्थित वडा नम्बर २ हुलाक डाँडा भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ ख १८६८ नम्बरको ट्रक सडकबाट तल खस्दा दुर्घटनामा परी ट्रक चालक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।

ट्रकमा चामल, दाल र दाना लोड भएको र के कारणले दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाइएको छ । घाइते ट्रक चालकको स्थानीय अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.