पाथीभरामा केवलकार निर्माणलाई सहज बनाउन एमालेको आग्रह 

पार्टीका जनसङ्गठनमा स्थायी कमिटी नराख्ने निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन स्थानीय प्रशासन र सरोकारवालसँग छलफल गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

आज बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्ष छलफलमा बस्नुपर्ने सुझाव प्रस्तुत गरेको महासचिव शंकर पोखरेलले बताउनु भयो ।

‘केवलकार निर्माणका सम्बनधमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहहरु, स्थानीय प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको छ र त्यही प्रकारको भूमिका खेल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ,’ बैठकपछि पत्रकार सम्मेलनमा पोखरेलले भन्नुभयो

यस्तै बैठकले पार्टीका जनसङ्गठनहरूमा  जनसङ्गठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको छ ।

बैठकले पार्टीका जनसङ्गठनमा स्थायी कमिटी नरहने निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो ।

‘जनसङ्गठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय भएको छ’ पोखरेलले भन्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.