शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज प्रतितोला चार हजार रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै आज सुन हाल सम्मकै उच्च प्रतितोदला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो ।
अघिल्लो काारोबारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्