सगरमाथा क्षेत्र पुग्ने एकमात्र प्रवेश मार्गको दुधकोशी नदीमा बन्यो पुल (भिडियो)

सोलुखुम्बु- सोलुखुम्बुको माप्य गाउँपालिकास्थित ओर्लाङघाटमा निर्माण भएको पुल सञ्चालनमा आएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुलको उद्‍घाटन गर्नुभएपछि सञ्चालनमा आएको हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र पुग्ने एकमात्र प्रवेश मार्गमा रहेको सो पुल सञ्चालनमा आएपछि अब आवतजावतमा सहज भएको छ ।

संघीय सरकारको एक करोड, प्रदेश सरकारको २ करोड र दुवै गाउँपालिकाको बराबरी ५ करोड ३४ लाख रुपैयाँको लागतमा सो पुलको निर्माणकार्य सम्पन्न भएको हो । ४८ मिटर लम्बाई रहेको सो पुलको निर्माणकार्य ६ महिना मै सम्पन्न भएको हो ।

सो पुलबाट माथि थामडाँडासम्म सडकको ट्र्याक सञ्चालनमा आएको छ । त्यसमाथि पर्यटकीय स्थल लुक्लासम्म यसै आर्थिक बर्षभित्र सडकको ट्रयाक पुर्‍याउने लक्ष्य राखिएको छ । मौसमी अवस्थामा भर पर्नुपर्ने हवाईसेवाको विकल्पमा अव यो सडकमार्गले खुम्बु क्षेत्रको स्थानीय तथा त्यहाँ पुग्ने लाखौं पर्यटक लाभान्वित हुने भएका छन् ।

महङ्गो मूल्य तिरेर हवाई ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सोलुखुम्बुकै तल्लो भेग र ओखलढुंगा लगायत अन्य जिल्लाबाट समेत तरकारी तथा खाद्यान्य लगायतका सामाग्रीहरु ढुवानी गर्न अब सहज भएको छ । दुधकोशी नदीमाथि निर्मित सो पुल सडकमार्गबाट टाढै रहेको खुम्बु क्षेत्रको लाईफलाईन बनेको छ ।

सोलुखुम्बुमा एक नगरपालिकासहित आठवटा स्थानीय तह रहेका छन् । तीमध्ये खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिकाको केन्द्रमा अझै सडक सञ्जाल पुग्न सकेको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.