उदयपुरको ताप्ली गाउँपालिकाको प्रशासनिक भवनमा बम बिष्फोट

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय-५ रुपाटारमा शनिबार राति १ः१५ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ ।

अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा राखेको बम विस्फोट भएको छ भने अर्को बम विस्फोट भएन।

बम विस्फोट हुँदा गाउँपालिकाको प्रमुख प्रशासकीयअधिकृत, लेखाअधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिनुभएको छ ।

विस्फोट हुँदा कार्यालयको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र सदरमुकाम गाईघाटबाट १०० किलो मिटर उत्तरमा पर्छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक दाहालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

कटारीबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली त्यहाँ पुगेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको मुख्य ढोकामा राखिएको अर्को बम निष्कृय पार्न सदरमुकाम गाईघाटबाट नेपाली सेनाको प्राबिधिक टोली घटनास्थलतर्फ लागेको जिल्लाप्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बम बिष्फोटनबाट क्षतिग्रस्त भवन गाउँपालिकाले भाडामा लिएको महेन्द्ररत्न माध्यामिक विद्यालय रुपाटारको भवन हो । यहाँ गाउँपालिकाले शनिवारदेखि स्वास्थ्य क्षेत्रका लागिआवश्यक पर्ने २७ जना दरबन्दीमा परीक्षा सञ्चालन गर्दै आएको थियो ।

“पहिलो परीक्षा सकिएकै रातमा बम बिष्फोटन भयो, अरु धेरै परीक्षा सञ्चालन हुन बाँकी थियो” गाउँपालिकाअध्यक्षले भन्नुभयो ।  उदयपुरकै दुर्गम पालिका भएकाले सुरक्षा निकाय पुग्नलाईसमेत समय लाग्ने उहाँले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.