हेल्थ केयर अस्पतालमा मृतकका आफन्तले गरे तोडफोड
सिरहा– उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् ।
सिरहाको सुखीपुर नगरपालिका ९ मोहनपुरकी २७ वर्षीया आरतीकुमारीको शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राब भएर मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडबाट अस्पतालमा सामान्य भौतिक क्षति भएको छ भने कर्मचारीहरु त्रसित बनेका छन् ।
सुत्केरीको मृत्यु भएपछि नवजात शिशुको एक निजी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा लापरबाही भए वा नभएकोबारे अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्