सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने

सोलुखुम्बु- सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनःनिर्माण अघि बढाउने जनाएको छ ।
आज खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनःनिर्माणलाई सरकारले अपनत्व लिएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्कालीन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकारले स्पष्ट रणनीतिसहित कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले हिमताल फुटेर आएको बाढीले थामेमा विनाश निम्त्याएको र यो केवल स्थानीय प्राकृतिक घटना मात्र नभएर वैश्विक जलवायु परिवर्तनको असर भएको उल्लेख गर्नुभयो ।
मन्त्री शाहीका अनुसार यस्तो संवेदनशीलतालाई ध्यानमा राखी जलवायु न्यायको अन्तर्राष्ट्रिय बहसमा नेपालले थप कडा आवाज उठाउनुपर्ने आवश्यकता छ ।।






प्रतिक्रिया राख्नुहोस्