रुखले च्यापिएर मृत्यु

बागमती– मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.