असिनाले बर्खे बालीमा क्षति

रुकुम पूर्व- रुकुम पूर्बमा असिनापानीले बालीनालीमा क्षति भएको छ ।
हिजो साँझ आएको असिना पानीले कृषकहरुले लगाएको बर्खे बाली तरकारी र फलफुलमा धेरै क्षति पुर्याएको हो।
जिल्लाको भुमेका केही वडा, सिस्नेका केही वडा तथा पुथा उत्तरगँगा गाउँपालिकामा धेरै क्षति भएको अनुमान गरिएको छ ।
बर्खे बाली मकै, सिमी, खुर्सानी, काउली, बन्दागोभी, फर्सी, आलु र फलफूलमा क्षति भएको स्थानीय बताउँछन ।
मकै बालीसँगै बेर्ना सारी सकेका काउली, बन्दा, खुर्सानी तरकारी बाली र फुलेर फल लाग्न थालेको फलफुल बाली असिना पानी आएर क्षति पुर्याएपछि किसानहरु चिन्तित छन ।।






प्रतिक्रिया राख्नुहोस्