धादिङको रुबीभ्याली गाउँपालिका सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना

धादिङ  – उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका १ स्थित तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना गरिएको छ ।

सीमा सुरक्षा चौकीको आजै गृह मन्त्री रमेश लेखक र कृषि तथा पशु पन्छी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।

गृह मन्त्री लेखकले सीमा सुरक्षा बल चौकी स्थापना पछि चीनको तिब्बत र धादिङको सिमानाबाट हुने अबै गतिविधि बन्द हुनुका साथै समग्र उत्तरी धादिङको शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मन्त्री रामनाथ अधिकारीले भने यस क्षेत्र विकासमा पनि सशस्त्र प्रहरी बलले निकै सहयोग गर्ने र आफूले उत्तरी धादिङको तिप्लीङ्गसम्म जोड्ने सडक स्तरउन्नतकिा लागी पहल गरिरहेको बताउनु भयो ।

सोही कार्यक्रममा सचिव गोकर्णमणि दवाडीले सशस्त्र प्रहरीले सीमा सुरक्षाका साथै जिल्लाको शान्ति सुरक्षाका कायम गर्न निकै ठुलो भूमिका रहने भन्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी स्थापना पछि उत्तरी धादिङको समग्र शान्ति सुरक्षा कायम हुने बताउनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत जिल्लाका चारै ओटा सुरक्षा निकायका पदाधीकारीहरुको उपस्थती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.