किरा नियन्त्रण गर्न जुनार बगैँचामा प्रोटिन बेट स्प्रे गरिँदै

 सिन्धुली – करिब एक दशकदेखि सिन्धुलीको जुनारमा देखा परेको चाइनिज सिटस फ्लाई नामक औषा किरा नियन्त्रणका लागि यस वर्ष पनि जुनार बगैँचामा प्रोटिन बेट छर्न थालिएको छ ।

जुनारको दाना गुच्चा आकारमा भएपछि प्रोटिन बेट छर्न सुरु भएको किसानहरूले बताएका छन् । जुनारको फल कुहाउने औँसा पार्ने किराको पोथी झिगालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट विषादी जुनारमा स्प्रे गरी किरा नियन्त्रण गर्ने अभियान चलाइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई सिन्धुली गाउँपालिका कार्यालय किसान तथा अन्य सङ्घसंस्थाको साझेदारीमा जिल्लाका जुनार बगैँचामा प्रोटिन बेट विषादी छर्न थालिएको हो ।

परियोजनाले जिल्लास्थित जुनार बगैँचामा प्रोटिन बेट छर्नका लागि स्प्रेकर्तालाई तालिम दिएर दक्ष बनाई आवश्यक विषादी र स्प्रे मेसिन सहित बगैँचामा खटाएपछि हाल धमाधम प्रोटिन बेट विषादी छर्न थालिएको छ २०७२ साल देखिनै जुनारमा औँसा किराको समस्या भएका र पछिल्ला केही वर्षदेखि औँसा किराले जुनारलाई धेरै क्षति गर्न थालेपछि प्राविधिकहरूको सल्लाहमा विषादी छर्न थालिएको स्प्रेकर्ता बत्ताउँछन् ।

जुनार बगैँचामा स्प्रे गरिरहनु भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ का विष्णुलाल श्रेष्ठले जुनारमा प्रोटिन बेट विषादी प्रयोग गर्दा जुनाम क्षति कम भएको बताउनु भयो किरा व्यवस्थापनका लागि स्प्रे कर्तालाई वैशाखको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म जुनार बगैँचामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले परिचालन गरेको छ ।

औँसा किरा प्रकोपका कारण पचास प्रतिशतसम्म नोक्सानी व्यहोरेका किसानले प्रोटिन बेट छर्किन सुरु गरेसँगै नोक्सानी निकै कम व्यहोरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई सिन्धुलीका प्रमुख यामकुमार श्रेष्ठको भनाई छ ।

कार्यालयले जुनारलाई विषादी सहित जुनार बगैँचालाई आवश्यक पर्ने साना सिचाई सुविधा समेत दिएपछि किसान खुसी भएका छन् । जुनार सुपर जोनको कार्यक्षेत्र मझुवा, जल कन्या, रत नचुरा, बाशेश्वर, नाका झोली, तीन कन्यामा गरी एक हजार ८७ हेक्टर रहेको छ । सिन्धुली जिल्लामा करिब ३५ सय किसानले जुनार खेती गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.