बाढी पहिरोबाट हुने जोखिमका विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ- वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरेका हुन ।
सांसद सूर्यमान दोङ, अमरेशकुमार सिंह र चन्द्रबहादुर विश्वकर्मा लगायतले बर्षा नलाग्दै काभ्रेको रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँहरुले गत वर्षको बाढीपहिरोबाट क्षति भएको पूर्वाधार पुनर्निर्माण र मर्मतमम्भारको काममा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।।





प्रतिक्रिया राख्नुहोस्