सरकारले लगानीमैत्री वातावरण बनाएको प्रधानमन्त्रीको भनाइ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
निजी क्षेत्रकी उद्योगी र व्यापारीहरु छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै उद्योगी र व्यवासीको भावना अनुसार नै सरकारले काम गरिरहेको र लगानीमैत्री बतावरण बनाइएको पनि उल्लेख गर्नुभयो ।
हालको विषय परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोभिड १९ बाट प्रभावित उद्योग वाणिज्यको विकासमा थप गति दिनुपर्ने बताउनुभयो ।
साधारण सभाले नयाँ कार्यमसतिको निर्वाचन गर्दैछ । महासंघको बारिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान उम्मेदवार हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षनै अध्यक्ष बन्ने विधानमा व्यवस्था छ ।
प्रतिक्रिया राख्नुहोस्