प्रधानमन्त्रीसँग बंगलादेशका समाजकल्याणमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

भेटका अवसरमा दुुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुुहुुथ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.