कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ

कैलाली-  कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हबल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

प्रनाउ सिंहका अनुसार यही जेठ १० गते राति अन्दाजी ८ः०० बजेको समयमा त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीको कमान्डमा खटिगएको टोलीले भन्सार कार्यालयको हाताभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न निज व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.