बागमती गाउँ पालिकाद्धारा किसानलाई घाँस काट्ने मेसिन वितरण

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिकाले कृषकहरूको पशुपालन तथा कृषि उत्पादनलाई थप प्रभावकारी बनाउनका लागि ५०% अनुदानमा च्यापकटर (घाँस कुट्ने मेसिन) वितरण गरेको छ ।
चालू आर्थिक वर्षको विनियोजित बजेट अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत व्यावसायिक कृषि फर्म तथा कृषक समूहमा आबद्ध ६४ जना किसानलाई मेसिन प्रदान गरिएको हो । प्रति च्यापकटरको २५ हजार दुई सय ५० पर्ने मेसिन किसानले ५० प्रतिशत र गाउँपालिकाले ५० प्रतिशत बेहोरेको थियो ।
पशुपालनमा संलग्न कृषकहरूको लागि समयको बचत, कामको सहजता तथा उत्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । यस किसिमका सहुलियत योजनाहरूले कृषकहरूलाई आत्मनिर्भर बन्ने प्रेरणा दिनुका साथै आधुनिक कृषिमा लाग्न प्रेरित गर्ने गाउँपालिका अध्यक्ष सर्केस् घलानले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्