थप्रेकमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण

–पाँचहजार बढिलाई सुविधा

नुवाकोट-  सर्वसाधारण गाउँवासीको स्वास्थ्य उपचारका लागि नुवाकोटको पूर्वी भेग थप्रेकमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । भवनको निर्माणबाट स्थानीयवासी लाई सुविधा पुगेको छ ।

पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा निर्मित स्वास्थ्य चौकी भवनको बुधवार उद्घाटन गरिएको छ । भवनको पञ्चकन्या गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले उद्घाटन गर्नुभयो ।

उहाँले भवन निर्माणसँगै गाउँवासीले स्थानीय स्तरमै स्वास्थ्य सेवा पाएको बताउनुभयो । गाउँवासीलाई प्रभावकारी रूपमा स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो ।

दुई तल्ले नौ कोठे स्वास्थ्य चौकी भवन भुकम्प पुनर्निर्माण प्राधिकरणमार्फत निर्माण भएको हो । कुल एक करोड २० लाख रुपैयाँको लागतमा निर्मित भवन  तीन वर्षमा निर्माण पुरा भएको हो ।

जनस्वास्थ्य निरीक्षकसहित पाँच जनाको दरबन्दी रहेको सो स्वास्थ्य चौकी भवनबाट थप्रेक र वालकुमारीका पांँचहजार जनसंंख्याले सुविधा पाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत  हेमनारायण महतोले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष विमला पाठक केसी, वडाध्यक्ष सञ्च तामाङ, निमित्त. प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतो, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीलगायतले गाउँमै उपचार सेवा पाउँदा सर्वसाधारण अव उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

निम्नस्तरका गाउँवासीलाई सो भवन निर्माणपछि निकै सुविधा पुगेको जनाइएको छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, गाउँपालिकाको सबै शाखाका शाखा प्रमुखहरू, गाउँपालिकाका कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, गाउँवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.