प्रतिनिधिसभाको बैठक अबरोध हुँदा बजेटमाथिको छलफल प्रभावित

काठमाडौँ – सरकारले संसदमा पेश गरेको आगामि आर्थिक बर्षको बजेटबारे छलफल हुँदैछ ।
बजेटबारेमा राष्ट्रियसभाको बैठकमा छलफल जारी छ । तर १ बजेको लागि बोलाइएको प्रतिनिधसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
आज बस्ने भनिएको बैठकमा उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२/०८३ को बार्षिक आम्दानी र खर्चको बार्षिक अनुमानमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
सदन सुचारु भए प्रतिनिधिसभा पनि आजबाट बजेटमाथि छलफल शुरु हुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा राज्यब्यवस्था तथा शुसासन समितिका सभापति रामहरी खतिवडाले संघिय निजामती सेवा विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेश गर्नु हुने कार्यसुची रहेको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सदस्यहरुको नाम हेरफेर बारे सदनलाइ जानकारी गराउनु हुने कार्यसुची रहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्