बागमतीमा बेलिब्रीज निर्माण सम्पन्न

हेटौँडा – हेटौँडा हुँदै ललितपुर जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको कान्तिलोक पथ अन्तर्गत बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान सम्पन्न भएको छ।
गत वर्ष असोज १२ गतेको बाढीले मकवानपुर तर्फको एउटा स्पान बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिदै आइरहेको थियो। कान्तिलोक पथ सडक आयोजनाले जेठ २१ गतेदेखि २४ गते सम्म (४ दिन) लोक पथ बन्द गरेर बेलिब्रिज जडान गरिएको थियो ।
बर्षासुरु हुनै लाग्दा आएको भेलले निर्माण गरिएको डाइभर्सन पटक पटक बगाउँदा पछिल्लो केही दिनदेखि सडक खण्ड अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती भोग्न परेको मा अब पुलबाटै सवारी सञ्चालन गर्न सकिने भएको
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रहरी प्रवक्ता श्याम अर्यालले बताउनु भयो।






प्रतिक्रिया राख्नुहोस्