स्याङ्जाको स्वरेक मैदानमा रोमाञ्चक खेल प्याराग्लाइडिङको आकर्षण (फोटो फिचर)

स्याङजा- हवाई खेल भित्रको रोमान्चक खेल हो प्याराग्लाइडिङ । यो खेलको अध्ययन गर्ने र दक्षताको प्रमाणपत्र प्राप्त गर्ने उदेश्यसहित स्याङ्जाको आकाशमा उड्ने विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ ।

स्याङजाको भीरकोट-९ स्थित स्वरेक मैदानमा संचालित बाबु एडभेन्चर प्याराग्लाइडिङ स्कुलमा अध्ययन गर्ने र विश्वको सर्वोच्च शिखर सगरमाथाबाट उड्ने लक्ष्यसहित विदेशी पर्यटकको आकर्षण बढेको हो ।

विसं २०७१ मा स्थापित यस स्कुलले स्वदेशी र विदेशी गरी ४५० जना पाइलट उत्पादन गरिसकेको छ । यो स्कुलका संचालक सानो बाबु सुनुवारले सन् २०११ मा सगरमाथाबाट उडान भरेर बे अफ बंगाल स्थित समुन्द्रको शुन्य सतहमा अन्य एडभेन्चर क्रियाकलापबाट पुग्न सफल पहिलो व्यक्ति घोषित हुनुभएको थियो ।

यही साहसको कारण गिनिज बुकमा विश्व कीर्तिमानी कायम गरेका सुनुवारले युरोपको अग्लो हिमाल माउण्ट एलब्रश र अफ्रिकाको किलोमन्जारोबाट पनि सफल उडान गरेको कारण यहाँ प्रशिक्षण लिन आउने पर्यटकको आकर्षण बढेको हो ।

यहाँ सिकेको प्रमाणपत्रले विश्वको कुनै पनि देशमा उडान गर्न पाउने अनुमती प्राप्त गर्न सक्ने भएकोले सानो बाबु सुनुवारले मात्र होइन देशले नै पनि गर्व गर्नुपर्ने सुनुवारको भनाई छ ।

पर्यटकहरु नेपाली आकाशमा रम्न त चाहन्छन् तर राज्यले उडान तथा अवतरण क्षेत्र सम्म पुग्न सक्ने सडक तथा पूर्वाधारको विकासमा ध्यान दिन सकेको छैन ।

नीजि क्षेत्रबाट गरिएका प्रयासमा राज्यले पनी आँखा लगाउन सक्ने हो भने नेपालका डाँडा र आकाशमा पर्यटकले हावासँग लुकामारी खेल्दै देशको अर्थतन्त्र मजबुत बनाउने थिए ।

     

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.