नेपाली सेना बाट नमुना अभ्यास प्रदर्शन

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको श्री नाथगणले विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी आज नमुना अभ्यास प्रदर्शन गरेको छ । रसुवाको उत्तर गया गाउँपालिका चार स्थित पैरेवेसीमा नमुना अभ्यास प्रदर्शन गरेको  हो ।

मनसुन नजिकिँदै जाँदा नेपाली सेनाले विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरण सम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीयमाझ “अभ्यास मनसुन पाँच प्रस्तुत गरेको बताएको छ । बाढी, पहिरो, डुबानबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्धार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा एम्बुलेन्स मार्फत लैजाने लगायतका डेमो प्रदर्शन गरिएको नेपाली सेनाका श्री नाथगणका गणपति प्रधुन्न गौतमले बताउनुभयो ।

गत वर्षको मनसुनजन्य विपद्को सिकाई र अनुभवलाई मध्यनजर गर्दै आगामी बर्षायाममा हुन सक्ने मनसुनजन्य विपद्को अवस्थाबाट हुन सक्ने क्षति बाट जोगाउन र तत्काल प्रतिकार्य गरी व्यवस्थित बनाउन यो अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो । घटना पश्चात् मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाको श्री नाथगणले उत्तर गया गाउँपालिका चार स्थित पैरेवेसीमा कृत्रिम घटनाको अभ्यास प्रदर्शन गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.