रौतहटमा चट्याङ लागेर ६५ वर्ष वृद्ध एक जनाको मृत्यु

 रौतहट  – रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज बिहान अविरल वर्षासँगै खसेको चट्याङ लागेर जिल्लाको गरुडा नगरपालिका – १ जयनगरका ६५ वर्षी वृद्ध सियाराम साह बानियाँको मृत्यु भएको हो ।

पानी पर्न थालेपछि घर अगाडी बाधेको बाख्रा खोल्न गएका बानियाँको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ८ बजेको समयमा अचानक खसेको चट्याङ लाग्दा वृद्ध बानियाँ गम्भीर घाइते भएका थिए। घाइते बानियाँको उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । तर उपचारको क्रममा बिहान १० बजेको समयमा बानियाँको प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा आज बिहानै देखि मेघ गर्जन र चट्याङ सहित ठुलो वर्षा भईरहेको छ। ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.