खोला तर्ने फड्के समेत बाढीले बगाएपछि

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका ४ र हरिनास गाउँपालिका ५ जोडने घैँटे स्थित खानी खोलामा पुल नहुँदा दुई पालिकाका स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ । बर्खाको समयमा खाद्यान्न किनमेल देखि अस्पतालसम्म जानका लागी स्थाननियले बनाएको फड्के समेत बाढीले बगाउँदा निकै सास्ती भोग्नु परेको छ ।
जसले गर्दा दैनिक दुई सय देखि तिन सय नागरिक यस बाटो भएर जोखिम मोलेरै खोला तर्न बाध्य छन् । सामान्य समयमा भन्दा बिरामी भएको अवस्थामा नागरिकलाई उपचारका लागी अस्पताल लैजान बोकेरै खोला तर्नुपर्ने उच्च जोखिम रहेको स्थानीय विश्वास पुरीले बताउनुभयो ।
चापाकोट नगरपालिकाका करिब १० वटा वडाहरू तथा हरिनासका ७ वटा वडाहरूका स्थानीयहरू दैनिक किनमेलका लागी उक्त बाटो प्रयोग गर्दछन् । त्यति मात्र होइन पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको भिमाद जोडने करिब ५४ किलोमिटरको छोटो दुरीको बाटो निमार्ण भएतापनी घैँटे खानी खोलामा पुल नबन्दा लामो दुरीको बाटो प्रयोग गर्न बाध्य छन् । जसका कारण उक्त क्षेत्रका स्थानीयहरू बसाई सर्ने क्रम बाक्लिन थालेको छ । तर पछिल्लो समय गण्डकी प्रदेश सरकारले पुल निमार्णका लागी २० लाख बजेड विनियोजन गरेको भएपनी रकम अपुग भन्दै पुल निमार्णको काम अगाडी नबढेपछि विगतको समस्या यस पटक पनि दोहोरिएको हो ।
खानि खोला पुल निमार्णका क्रममा वारी पारीको बाटो ढलान गरिएको भएतापनी पुल निमार्णका लागी डिपीआर पुरा भइसकेको तर प्रदेश सरकारले पर्याप्त बजेड विनियोजन नहुँदा त्यहाँका स्थानीयलाई पुल बन्छ आसा बिस्तारै निराशा बन्दै गएको छ ।
चापाकोट तथा हरिनासका आम नागरिकलाई पर्यटकीय नगरी पोखरा सम्म आवतजावत र किनमेलका लागी घैँटे खानी खोलामा पुल निमार्ण नहुँदा स्थानीयलाई पुर्याएको पिडा समाधानका लागी तिनै तहका सरकारले त्यस्ता ठाउँहरूमा ध्यान पुग्नु भने जरुरी देखिन्छ ।






प्रतिक्रिया राख्नुहोस्