फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट-  जीउ मास्ने बेच्ने मुद्दामा अदालतले दोषी ठहर गरेको फैसला गरिएका नुवाकोटका एक जना अभियुक्तलाई  १७ वर्षपछि पक्राउ  गरिएको छ । कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने मुद्दामा गत २०६५ साल माघ १३ गते ३ वर्ष ८ महिना ४ दिन कैद भुक्तान गर्नु पर्ने फैसला भई  फरार रहेका दुप्चेश्वरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । नुवाकोटको साबिक घ्याङ फेदी गाविस ५ हाल परिवर्तित दुप्चेश्वर गाउँपालिका १ घ्याङ फेदीका  ५३ वर्षीय  दावा तामाङलाई १७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी चौकी समुन्द्र टारबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्दै जाँदा उनकै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका दावा तामाङलाई आवश्यक कारवाहीको लागि सोमवार नुवाकोट जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय खम्पा क्याप नुवाकोट चलान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.