पूर्व सञ्चारमन्त्री बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर काेइरालाकाे इजलासले बस्नेतविरुद्ध उक्त धराैटी मागकाे आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएकाे थियाे ।

त्यसकाे थुनछेक बहसपछिकाे आदेशमा धराैटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेकाे अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले  नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.