ज्ञवालीको नयाँ कविता संग्रह ‘स्वाभिमान’ सार्वजनिक
काठमाडौं- अपाङ्ग दिवसको उपलक्ष्यमा कवि तथा लेखक सरस्वती ज्ञवालीद्बारा लिखित कविता संग्रह ‘स्वाभिमान’को काठमाडौंमा लोकार्पण गरियो ।
कविता संग्रहको बिमोचन कवि डाक्टर रामप्रसाद ज्ञवाली, महिला अधिकरकर्मी बन्दना राणाा र साहित्यकार विमला तुम्फेवाले संयुक्त रुपमा गर्नुभएको हो ।
कविता संग्रहमा राष्ट्र, राष्ट्रियता, सामाजिक कुरिती, बेथितिलगायत समाज र मुलुकप्रतिको नागरिक दायित्व जस्ता कविताहरु समेटिएका छन् ।
कार्यक्रममा कवि तथा लेखक सरस्वती ज्ञवालीले देश र समाजप्रति देखेका भोगेका पीडा र चिन्तनलाई कविता र साहित्यमार्फत आफूले उतार्ने गरेको विचार व्यक्त गर्नुभयो ।
कविता संग्रहमाथि समीक्षा गर्नुहुँदै डाक्टर रामप्रसाद ज्ञवाली तथा संयुक्त राष्ट्रसंघ अन्तरगतको महिला विरुद्ध हुने सबैखाले विभेद अन्त्य गर्न बनेको समिति सिडका सदस्य बन्दना राणाले कविता र साहित्यमा समाज र राष्ट्रलाई परिवर्तन गर्नसक्ने क्षमता भएको विचार व्यक्त गर्नुभयो ।
कवि तथा लेखक सरस्वती ज्ञवाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी हुनुहुन्छ ।।
प्रतिक्रिया राख्नुहोस्