म्याग्दीमा लुक्सीपारको पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । आज दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा एक्कासि माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लुक्सीपारमा माथिबाट खसेको पहिरोमा परिँदा दुई जना बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । पहिरो र मानिस बेपत्ता भएको घटनाको विषयमा थप जानकारी आउने क्रममा रहेको बताउँदै उहाँले घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोलीलाई घटनास्थल पठाइएको जानकारी दिनुभयो ।

बेपत्ता भएकाहरूको स्थानीयवासी र जनप्रतिनिधिले खोजी थालेका छन् । जल तथा मौसम विज्ञान विभागको म्याग्दीको दरबाङस्थित वर्षा मापन केन्द्रको अभिलेख अनुसार बुधवार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भइरहेको छ । आज दिउँसो २ बजेसम्म मालिका गाउँपालिका ६ दरबाङ क्षेत्रमा १ सय १५ मिली लिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.